शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

फिल्ममा आउनुअघि पुलिस इन्स्पेक्टर थिए अभिनेता राजकुमार, यी निर्देशनले थानामा नै अफर गरेका थिए फिल्म

बुधबार, १८ असार २०७६, ११ : ४१
बुधबार, १८ असार २०७६

बलिउड अभिनेता राजकुमार एक जमानाका चर्चित नायक थिए । ८ अक्टोबर सन् १९२९ मा पाकिस्तानको ब्लूचिस्तानमा जन्मिएका राजकुमार सन् १९९६ को जुलाई ३ मा यो संसारलाई सधैंका लागि छोडे । राजकुमार आफ्नो उत्कृष्ट अभिनयका साथै सेन्स अफ ह्युमरका लागि पनि चर्चित थिए ।

तपाईंलाई थाहा पाउँदा अचम्म लाग्ला कि फिल्ममा आउनुअघि राजकुमार पुलिस इन्स्पेक्टर थिए । उनको थानामा फिल्मी जगतका विभिन्न व्यक्तित्वको आवतजावत भइरहन्थ्यो । एकपटक निर्माता बलदेव दुबे उनको थानामा आए र उनलाई देखेर अचम्मित भए । उनको कुराकानी गर्ने तरिकाले बलदेव निकै प्रभावित भए र उनलाई फिल्म शाही बाजारको अफर पनि दिए । राजकुमार रावले त्यसपछि जागिरबाट राजीनामा दिए र फिल्मी दुनियाँमा आए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप