फिल्म ‘सरौतो’ पहिलो गीत ‘कुले दाइ’ सार्वजनिक
काठमाडौं – फिल्म ‘सरौतो’ पहिलो गीत ‘कुले दाइ’ सार्वजनिक गरिएको छ । २२ कार्तिक प्रदर्शन मिति तय गरेको फिल्मको २२ सार्वजनिक गीतमामा राजनराजा सिवाकोटीको संगीत रहेको छ ।
लोकशैलीको गीतमा शब्द र स्वर पनि उनकै रहेको छ । गायनमा राजनलाई मिलन नेवारले साथ दिएकी छिन् ।
गीतमा अभिनेत्री सुमी मोक्तान र अभिनेता सन्नी सिंह देखिएका छन् । सुमी र सन्नी बेहुला तथा बेहुलीको साथीको रुपमा देखिएका थिए । निलिशा शाक्यको कोरियोगफी गतिमा रहेको छ । गीतमा बेहुला र बेहुलीको रुपमा क्रमश पराकर्म पीजेबी राणा र सम्पदा दाहाल देखिएका छन् ।
बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्मस् एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ ।
फिल्ममा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ ।
फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन रहेकोछ ।
राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाइ उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण