घरको ढोकामा चढिरहेको थियो विशाल छेपारो, मानिसहरुले गोही ठाने
मलेशियामा एउटा यस्तो छेपारोको तस्बिर भाइरल भइरहेको छ जुन हेर्दा गोहीजस्तो देखिन्छ । यो छेपारोलाई एक व्यक्तिले देखेपछि फोटो खिचेर सोसल मिडियामा पोष्ट गरे । त्यतिबेलादेखि यो छेपारो सोसल मिडियाका प्रयोगकर्ताबीच कौतुहलको विषय बनेको छ ।
वास्तवमा, मलेशियाको जाहोरमा एक व्यक्तिले ढोकामा चढिरहेको एक विशाल छेपारो देखे । त्यो छेपारो घरभित्र छिर्ने कोसिस गरिरहेको थियो । ती व्यक्तिले तुरुन्त उक्त छेपारोको फोटो खिचेर सोसल मिडियामा पोष्ट गरे जहाँ थुप्रै मानिसले उक्त छेपारोलाई विभिन्न नाम दिइरहेका छन् ।
यो भिमकाय छेपारोलाई ‘मोनिटर लिजार्ड’ (Monitor Lizard) भनिँदै छ । यस्तै कतिले छेपारोको विशेषता र आकारका कारण ‘गोडजिला’ (Godzilla) पनि भनिरहेका छन् ।
जुन व्यक्तिले तस्बिर पोष्ट गरेका छन् उनको नाम लंग चेंर्ग यी हो । उनले सेल्फी पनि पोष्ट गरेका छन् । त्यति ठूलो छेपारोलाई आफ्नो घरको ढोकामा झुण्डिरहेको देखेर उनी चकित भए । उनले छेपारोका विभिन्न तस्बिर पोष्ट गरेका छन् । उनको पोष्टलाई अहिलेसम्म तीन हजार ६ सय बढी सेयर भइसकेका छन् ।
केही बेरपछि त्यहाँ सुरक्षाकर्मी पनि पुगेका छन् । यद्यपि, अहिलेसम्म उक्त छेपारो त्यहाँसम्म कसरी पुग्यो भन्ने केही पत्ता लाग्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण