‘आज नगद भोली उधारो’ गीतमा दीपाश्रीको आइटम नृत्य
काठमाडौं । निर्देशकसमेत रहेकी अभिनेत्री दीपाश्री निरौलाले अभिनेता आर्यन सिग्देलसँग आइटम गीतमा देखिएकी छिन् । फिल्म ‘हजार जुनीसम्म’को ‘आज नगद भोली उधारो’ गीतमा उनले आर्यनसँग नाचेकी हुन् । आउँदो भाद्र ६ गतेलाई रिलिज मितितय गरिएको यो फिल्मको आर्यन र दीपासँगै नाचेको केही तसिबर सार्वजनिक भएका छन् । जसमा कलाकार शिवहरी पौडेल पनि देखिएका छन् ।
दीपाश्रीले फिल्ममा आइटम नृत्य गरेको निर्माण युनिटले जनाएको छ । उनले ‘भट्टीको साहुनी’को रुपमा आइटम नृत्य गरेकी छिन् । यो गीतमा उनको नाम ‘शर्मिला’ राखिएको छ । गीतमा नायिका स्वस्तिमा खड्का, नव–नायक अक्की प्रधान, कलाकार शिवहरि पौडेल, उत्तम केसी समेत रहेका छन् । कविराज गहतराजले कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।
प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर गीतमा रहेको छ । ‘नाई नभन्नु ल’ सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् ।
फिल्ममा संचिता लुइँटेल, अनुभव रेग्मी लगायतको पनि अभिनय रहेको छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन्,भने विशाल चाम्लिङ यसका निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण