श्रद्धा कपुरले अर्को वर्ष नेपाली प्रेमीसँग विवाह गर्ने खबर फैलिएपछि पिता शक्ति कपुरको रोचक प्रतिक्रिया
नेपाली मूलका रोहन श्रेष्ठसँग प्रेम सम्बन्धमा भएको भनिएकी बलिउड नायिका श्रद्धा कपुरले अर्को वर्ष विवाह गर्न लागेको खबरले बलिउड बजार पुनः एकपटक तात्तिएको छ ।
एक भारतीय मिडियाले श्रद्धाले आफ्ना बाल्यकालदेखिका साथी एवं प्रेमी रोहनसँग सन् २०२० मा विवाह गर्ने योजनामा भएको बताएपछि यो खबरले पुनः चर्चा पाएको हो । तर श्रद्धा कपुरका पिता शक्ति कपुरले यो खबर खण्डन गरेका छन् । शक्ति कपुरले आइएनएससँगको कुराकानीमा श्रद्धा कपुरको विवाहको खबरलाई अफवाह बताएका छन् । उनले भने, ‘के साँच्चै नै मेरी छोरीले विवाह गर्दैछिन् ? कृपया मलाई पनि निम्तो पठाउन नबिर्सिनुहोला ।’
शक्ति कपुर यतिमा मात्र रोकिएनन्, उनले हाँस्दै भने, ‘विवाह कहाँ हुँदैछ, त्यो पनि बताइदिनुस्, मलाई पुग्न सजिलो हुनेछ । म उनको बुवा हुँ तर पनि मलाई यसबारे केही थाहा छैन । त्यसकारण मलाई कृपया यसबारे बताइदिनुस् । ’
के श्रद्धा चाँडै नै नेपालकी बुहारी बन्दैछिन् ?
यदि कामको कुरा गर्ने हो भने श्रद्धा कपुर चाँडै नै ‘साहो’ मा देखिनेछिन् । हालै, यो फिल्मको गीत ‘साइको सैयां’ रिलिज भएको थियो जसलाई दर्शकले निकै रुचाएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण