४२ वर्षमा नायिका पूजा बत्राले गरिन् गोप्य विवाह, अक्षय कुमारलाई गरिसकेकी छिन् डेट
बलिउड नायिका पूजा बत्राले नायक नवाब शाहलाई डेट गरिरहेको खबर हालै सार्वजनिक भएको थियो । नवाब शाह सलमान खानको फिल्म टाइगर जिन्दा हे मा काम गरिसकेका छन् ।
पूजा बत्रा र नवाब शाह अब विवाह बन्धनमा बाँधिइसकेको यी दुईको इन्स्टाग्राम अकाउन्टबाट पुष्टि भइसकेको छ । खबरलाई विश्वास गर्ने हो भने यी दुईले गोप्य तरिकाले विवाह गरेका छन् । पूजा बत्राले हालै सोसल मिडियामा जुन तस्बिर सेयर गरेकी छिन् त्यसमा उनले हातभरी रातो चुरा लगाइरहेको देखिएकी छिन् । यसबाट यो स्पष्ट हुन्छ कि उनीहरुले विवाह गरिसकेका छन् र यतिबेला दुई छुट्टी मनाइरहेका छन् ।
यतिबेला यी दुई गोवामा एकसाथ समय बिताइरहेको बताइएको छ । पूजा बत्राले आफ्नो इन्स्टाग्राम स्टोरीमा एउटा भिडियो सेयर गरिन् जसमा उनी रेट्रो वाक गरिरहेको देख्न सकिन्छ र यो भिडियो नवाब शाहले पनि सेयर गरेका छन् ।
यस्तै, करिब सात दिन अघि नवाबले एउटा बुमर्याङ भिडियो आफ्नो इन्स्टाग्राममा सेयर गरेका थिए जसमा पूजा र उनको हात देखिएको थियो । यसमा पूजाले चुरा लगाएकी छिन् ।
पूजाको दोस्रो विवाहः
पूजा बत्राको यो दोस्रो विवाह हो । यसअघि सन् २००२ मा उनले लस एन्जेलिसमा अर्थोपेडिक सर्जन सोनू आहलुवालियासँग विवाह गरेकी थिइन् तर उनीहरुले सन् २०११ मा सम्बन्धविच्छेद गरे ।
अक्षय कुमारलाई गरिसकेकी छिन् डेटः
पूजा बत्राले नायक अक्षय कुमारलाई डेट गरिसकेको बताइन्छ । अक्षय फिल्मी क्षेत्रमा प्रवेश गर्नुअघि नै उनीहरु प्रेम सम्बन्धमा रहेको बताइन्छ । त्यतिबेला पूजा मोडलिङ गर्थिन् र चर्चित नाम थिइन् । उनी बलिउडको पार्टीमा अक्षयलाई लिएर जान्थिन् । पूजाकै कारण अक्षयको बलिउडमा एन्ट्री भएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
-
डङ्की : सपनाको मूल्य र सीमाको सन्त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण