राष्ट्रिय बाणिज्य बैंकको नाफा बढ्यो, २ अर्ब ७ करोड कमायो
आइतबार, १४ जेठ २०७४, २२ : ३१
राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधीमा २ अर्ब ७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधीको तुलनामा २८ प्रतिशतले बढी हो ।
बैंकले गत आवको ९ महिना अवधीमा एक अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको थियो । यो आवको ९ महिनामा बैंकले ४ अर्ब ६७ करोड व्याज आम्दानी गरेको छ । व्याज आम्दानीमा भएको वृद्धिले नाफा वढेको हो । बैंकले गत आवको तेस्रो त्रैमासिक अवधीमा ३ अर्ब ७३ करोड ब्याज आम्दानी गरेको थियो ।
यस्तै, बैंकले यो अवधीमा आइपुग्दा एक खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब १३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बै.कको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ र खरव कर्जा २ दशमलव ७० प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण