मान्छे बेच्दै, भाग्दै
पाँच महिनामा विश्वका ६ स्थानबाट २ सय ३९ नेपालीको उद्धार भयो । तिनैमध्येकी एक हुन्, रसुवाकी सुनिता तामाङ (१९) । उनको सपना दुनियाँका लागि खासै ठूलो थिए । सामान्य परिवारमा जन्मे हुर्केकी उनी भाइबहिनीलाई पढाएर ठूलो मान्छे बनाउन चाहान्थिन् । त्यही झिनो सपनाले सुनितालाई कुवेतसम्म पुर्यायो ।
गाउँकै चिनेजानेका एकजना दाइले उनको सपना साकार गर्न विदेश जानैपर्ने सुझाव दिएपछि सुनिता तयार भइन् । तिनै दाइले उनलाई रसुवाबाट काठमाडौँ हुँदै कुवेतसम्म पुग्न सहयोग गरे ।
सुरुमा सुनितालाई ती दाइ भगवान्जस्तै लाग्यो । तर, उनको त्यो सोच लामो समय टिकेन । कुवेत पुगेपछि मात्र सुनिताले आफू बेचिएको थाहा पाइन् ।
रसुवाकी सुनिता त उदाहरण मात्रै हुन् । उनीजस्ता कयौँ पीडितले नेपाल फर्किएपछि कसैमाथि जाहेरी नदिएको घटना प्रहरीसामु तमाम छन् । यस्ता घटनामा जाहेरी नदिएकै कारण एजेन्टमाथि नाइकेसम्मलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा आकाश क्षेत्रीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिड्नीमा रामकृष्ण ढकालको सांगीतिक प्रस्तुतिसँगै ‘मालती मंगले’को रेडकार्पेट प्रिमियर
-
दुर्व्यवहारको विरोधमा चिकित्सक आन्दोलित, बिरामीलाई मर्का (भिडिओ)
-
स्थायी बसोबास अनुमतिका लागि कडा मापदण्ड लागू गर्दै जापान
-
सरकारबाट कांग्रेस बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
-
गृहमन्त्रीको आश्वासनपछि सुस्तावासीका मागबारे के प्रगति भयो ?
-
सुनसरी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न प्रलाेपाकाे माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण