खुम्चियो श्रम बजार, खाडी जाने नेपाली कामदार १७ प्रतिशतले घटे
नेपालसहित दक्षिण एसियाको मुख्य रोजगारी क्षेत्र मानिएको खाडीका ६ वटा देशमा श्रम बजार खुम्चिदै गएको छ । साउँदी अरब, संयुक्त अबर इमिरेट्न (यूएई) आमन, कुवेत, कतार र बहराइनमा रोजगारको अवसर घट्दै गएको हो । आर्थिक वर्ष २०७५/७६ मा विदेश जाने नेपाली कामदारको संख्या १६।९५ प्रतिशतले कम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अपेक्षाअनुसार बढ्न नसक्दा ती देशले ठूल्ठूला नयाँ आयोजना सञ्चालन गर्न सकेका छैनन् । दक्ष जनशक्ति चाहिने र सहज हुने प्रकृतिका क्षेत्रमा आफ्नै नागरिकलाई रोजगार दिने नीति उनीहरुले लिएका छन् ।
केही वर्षअघिसम्म खाडी मुलुकले नेपाल, भारत, बंगलादेश र पाकिस्तानबाट बढी कामदार लैजान्थे । पछिल्ला चार आर्थिक वर्षको तथ्याङ्कअनुसार नेपालसहित यी तीनवटै देशबाट जाने कामदारको संख्या निरन्तर घट्दो छ ।
वैदेशिक रोजगार व्यवसायीका अनुसार नेपालले मागपत्र प्राप्त गर्न बंगलादेश, भारत र पाकिस्तानसँग मुख्य प्रतिस्पर्धा गर्नुपर्नेछ । यो समाचार कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन अवधिमा उम्मेदवारी खारेज गर्ने शैली र निर्वाचनको विश्वसनीयतामाथि सांसद ढुङ्गानाको प्रश्न
-
सभामुखसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेटवार्ता
-
मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी
-
परीक्षाका क्रममा परीक्षार्थीलाई डिजिटल माध्यमबाट पूर्ण ‘ब्लक’ गर्नुपर्छ
-
छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै
-
सांसद पद्मा अर्यालको प्रश्न– निष्पक्ष निर्वाचन र विदेशमा मतदानको पूर्वाधार कसरी निर्माण गर्न सकिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण