सभामुखसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेटवार्ता
सारांश
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद अर्यालबिच भेटवार्ता भएको छ।
- भेटमा समसामयिक राजनीतिक परिस्थिति, संसद् सञ्चालन तथा पछिल्ला राष्ट्रिय घटनाक्रमबारे छलफल भएको थियो।
- नेता आङ्देम्बेले सुनसरीमा भएको हिंसात्मक घटना, प्राकृतिक विपद र स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारबारे सभामुखको ध्यानाकर्षण गराएका थिए।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद अर्यालबिच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार मध्याह्न भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, संसद् सञ्चालन तथा पछिल्ला राष्ट्रिय घटनाक्रमबारे छलफल भएको थियो।
भेटका क्रममा नेता आङ्देम्बेले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति सभामुखको ध्यानाकर्षण गराउँदै देशमा शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी पहल आवश्यक रहेको बताएका थिए। साथै, पाँचथरसहित देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन संसद् र सरकार दुवैले गम्भीरतापूर्वक पहल गर्नुपर्ने विषय पनि उनले उठाएका थिए।
त्यसैगरी, नारायणी अस्पतालका चिकित्सकमाथि भएको दुर्व्यवहारपछि स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएको घटनाप्रति पनि आङ्देम्बेले सभामुखको ध्यानाकर्षण गराएका थिए। स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्दै स्वास्थ्य सेवा नियमित सञ्चालन हुने वातावरण बनाउन आवश्यक पहल गर्न उनले आग्रह गरेको उनको सचिवालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनाबारे बोल्यो प्रधानमन्त्री कार्यालय, सामाजिक सद्भाव कायम राख्न अपिल
-
स्थानीयले साङ्केतिक रुपमा विरोध जनाएपछि सडक मर्मतमा जुट्यो नगरपालिका
-
विश्व ज्ञान सम्मेलनको तयारीमा जुट्यो एनआरएनए
-
हराएको पाँच वर्षपछि ६४२ माइल टाढा भेटियो कुकुर
-
बेलायतमा सांसदको माग : ग्रोकले सहमतिबिना यौनजन्य तस्बिर बनाउन नसक्ने व्यवस्था गरियोस्
-
बालेन सरकारका मन्त्रीहरूको कामभन्दा स्टन्ट बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण