विशेष रुपले सक्षम प्रशंसकले खुट्टाले बनाइन् सलमान खानको पेन्टिङ, नायकले भिडियो सेयर गर्दै यस्तो भने
बलिउड स्टार सलमान खानका लाखौं प्रशंसक छन् । उनका हज्जारौं प्रशंसक उनको एउटा झलक पाउनका लागि हरेक समय उनको घरबाहिर कुरिरहेका हुन्छन् । सलमान खानकी एक विशेष रुपमा सक्षम प्रशंसकले उनको सुन्दर तस्बिर बनाएका छन् ।
सलमान खानले जुलाई १६ अबेर राती आफ्नो इन्स्टाग्राममा एउटा भिडियो सेयर गरे जसमा उनको एक प्रशंसकले खुट्टाले सलमान खानको तस्बिर बनाइरहेकी छिन् ।
भुइँमा बसिरहेकी ती प्रशंसकले मोबाइलमा सलमान खानको फोटो खोलेर राखेकी छिन् र त्यो हेरेर उनी पेन्टिङ बनाइरहेकी छिन् ।
सलमान खानले भिडियो सेयर गर्दै लेखेका छन्, ‘भगवानले तिमीलाई खुसी राखुन् । यो प्रेमको बदलामा के दिन सक्छु र । तपाईंलाई धेरै आशिर्वाद र प्रेम । ’
सलमान खानले यो भिडियो सेयर गरेलगत्तै उनले फलोअर्सले तुरुन्त यसलाई लाइक गर्न सुरु गरे । केही घण्टाभित्रै यो भिडियो सोसल मिडियामा भाइरल भयो ।
सलमान खान आजकाल दबंग थ्रीको सुटिङमा व्यस्त छन् । यो फिल्मको सुटिङ लगभग पूरा भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
-
डङ्की : सपनाको मूल्य र सीमाको सन्त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण