‘गुलाबो सिताबो’ को कारण तनाबमा अमिताभ बच्चन
बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो फिल्मी करियरमा विभिन्न प्रकारका भूमिका निभाएका छन् । उनले अभिनयमा मात्रै आफूलाई चरित्रमा उतारेनन् उनले आफ्नो अनुहारमो भावभङ्गी समेत परिवर्तन गराएका छन् ।
पछिल्लो समय लखनऊमा ‘गुलाबो सिताबो’ को शुटिङमा व्यस्त रहेका अमिताभको पहिलो लुक सार्वजनिक भएको छ । उनले एकजना वृद्ध व्यक्तिको भूमिका निर्वाह गरेका छन् । उनले उक्त भूमिकामा देखिनको लागि प्रोस्थेटिक प्रविधिको प्रयोग गरिएको थियो ।
अमिताभले यो भूमिका निभाउनको लागि प्रयोग गरिएको ‘प्रोस्थेटिक’ प्रविधिको प्रयोग गर्दा झेल्नुपरेको समस्याको बारेमा आफ्नो ब्लगमा शेयर गरेका छन् । उनले उक्त प्रविधिको प्रयोग गर्न कुनै समस्या पनि नभएको बताएका छन् । तर यसको प्रयोग गर्दा निकै थकान महसुस हुने बताएका छन् ।
जहिले यो भूमिका निभाउनुपर्ने दिन आउँछ विस्तारै सहज महसुस हुँदै जान्छ । तर, प्रास्थेटिकमा पाउडर भरिँदै जान्छ यसको प्रभाव कम गर्नको लागि गिरावट हुन्छ ।
अमिताभले लेखेका छन्, पश्चिमा फिल्म उद्योगमा तीन दिनभन्दा बढी प्रोस्थेटिकको प्रयोग गर्न नपाइने नियम रहेको छ । दोस्रोपटक गर्नको लागि अनुहारमा लगाउनको लागि एक वा दुई दिनको ब्रेक लिनुपर्ने तर उनले महिनौँ दिनसम्म नियमित लगाउनुपरेको बताएका छन् । फिल्म ‘पा’मा पनि यस्तो भएको तर कुनै प्रतिक्रिया नजानाएको पनि उनले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको काम-कारबाहीप्रति आंशिक रुपमा मात्र सन्तुष्ट छन् मधेसका जनता
-
अभिनेत्री काजल कर्णको गम्भीर आरोप: सुटिङमा हेपियो, जानीजानी कालो मेकअप दलियो
-
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
-
मधेस सरकारको बजेट खर्च ५६ प्रतिशत मात्र
-
सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण