राम मन्दिरको जग्गाः थियो तीन सय ७३, छ तीन रोपनी
बिहीबार, ०२ साउन २०७६, ०६ : ४८
गौशालास्थित राम मन्दिरको ३ सय ७० रोपनी जग्गा गायब पारिएको छ । कमान्डिङ कर्नेल श्रीसनकसिंह टण्डनले १९२८ सालमा राम मन्दिर निर्माण गरी ३ सय ७३ रोपनी ८ आना ३ पैसा जग्गा गुठी राखिदिएका थिए । अहिले मन्दिर परिसरले चर्चेको ३ रोपनी ४ आना जग्गा मात्र छ ।
नाङ्लेभारे, लप्सीफेदी र साँखुमा मन्दिरका नाममा रहेको जग्गा सबै मोहीकै नियन्त्रणमा छ । जग्गाको खासै आयस्ता पनि आउँदैन ।
वर्षको २ देखि ३ लाखसम्मको बाली आउने गरेके रामचन्द्र मन्दिर गुठीका सदस्यसचिव केशवध्वज राणाले जानकारी दिए । ‘सबै जग्गा मोहीले कमाएका छन्,’ उनले भने, ‘बाली भन्दै कसैले अलिअलि बुझाउँछन् ।’
निजी गुठीबाट सञ्चालन भएको मन्दिर भए पनि जग्गा कहाँ कति छ भन्ने यथार्थ विवरण गुठीसँग छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेटवार्ता
-
मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी
-
परीक्षाका क्रममा परीक्षार्थीलाई डिजिटल माध्यमबाट पूर्ण ‘ब्लक’ गर्नुपर्छ
-
छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै
-
सांसद पद्मा अर्यालको प्रश्न– निष्पक्ष निर्वाचन र विदेशमा मतदानको पूर्वाधार कसरी निर्माण गर्न सकिन्छ ?
-
किन दोहरिन्छन् देवानगन्ज घटनाहरू ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण