बलिउड नायिका ईशा गुप्ताविरुद्ध मुद्दा दर्ता, यौन हिंसाको मामला
आफ्नो बोल्डनेसका लागि परिचित बलिउड अभिनेत्री ईशा गुप्ता आजकाल चर्चामा छिन् । बोल्ड तस्बिरका लागि निकै आलोचना खेपिसकेकी यी नायिका हालै नयाँ विवादमा फसिरहेको देख्न सकिन्छ ।
ईशा गुप्ताविरुद्ध एक व्यक्तिले मानहानीको मुद्दा दर्ता गरेका छन् । दिल्लीका एक व्यापारीले ईशालाई कानूनी प्रावधान अनुरुप सजाय दिनुपर्ने माग गरिरहेका छन् । अदालतमा अगस्ट २८ तारिखमा दुई पक्षको बयान दर्ता गरिनेछ र त्यसपछि सुनुवाई हुनेछ । व्यापरीले ईशाले लगाएको गलत र अपमानजनक आरोपका कारण उनको छवि धुमिल भएको बताएका छन् । मानिसहरुले आफ्नो क्यारेक्टरमाथि प्रश्न उठाइरहेका कारण आफूले मुद्दा दर्ता गर्नुपरेको उनले बताए ।
के हो मामला ?
ईशाले जुलाई ६ मा विभिन्न ट्वीट गरेर दिल्लीको एक होटलमा बसेका बेला एक व्यापारीले आफूलाई घुरेर हेरिरहेको बताएकी थिइन् । ईशाले उक्त घटनालाई ‘आँखाले बलात्कार’ गरिरहेको जस्तो बताएकी थिइन् । उनले व्यापारीको तस्बिर पोष्ट गर्दै लेखेकी थिइन्, ‘यी व्यक्तिले आँखाले मेरो बलात्कार गरिरहेका थिए । मेरा सुरक्षाकर्मीलाई धन्यवाद जसले मलाई त्यतिबेला सहज हुन मद्दत गरे । के यी व्यक्तिलाई कसैले चिन्छ ? उनले मलाई न त छोएका छन् न केही भनेका छन् तर लगातार मलाई घुरिरहे, एक प्रशंसकको रुपमा नभई, न नै म नायिका भएका कारण, म एक महिला भएका कारण उनले यस्तो गरिरहेका थिए ।’
ईशा हालै रिलिज भएको फिल्म वन डेमा देखिएकी थिइन् ।
Title Photo: timesofindia.indiatimes.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै
-
भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो
-
डीडीसीमा व्यापक अनियमितता भएको पूर्वअध्यक्ष डा.क्षेत्रीको दाबी, कृषि मन्त्रालय मुख्य जिम्मेवार
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण