नसिरुद्दीन शाहले १५ वर्ष जेठी नायिकासँग विवाह गरे, त्यसपछि अर्की अभिनेत्रीसँग लिभ इनमा थुप्रै वर्ष बिताए
बलिउड नायक नसिरुद्दीन शाह शनिबार ७० वर्ष पुगे । उनको गन्ती फिल्मी उद्योगका सबैभन्दा उत्कृष्ट नायकमध्ये हुन्छ । आफ्नो करियरमा उनले नेशनल फिल्म अवार्डदेखि फिल्मफेयर अवार्डसम्म जितेका छन् । यसका साथै हिन्दी सिनेमामा आफ्नो योगदानका लागि उनी पद्मश्री र पद्मभूषण अवार्ड पनि जितिसकेका छन् ।
उनको जन्म उत्तर प्रदेशको बाराबंकीमा एक मुस्लिम परिवारमा भएको थियो । आफ्नो अभिनय करियमा उनले निशान्त, आक्रोश, स्पर्श, मिर्च मसाला, एलबर्ट पिन्टोको गुस्सा क्यों आता हे, त्रिकाल, जुनून, मन्डी, अर्ध सत्य, कथा र जाने भी दो यारोजस्ता फिल्ममा काम गरे ।
अभिनय करियरः
उनले सन् १९८० मा फिल्म ‘हम पाँच’ मा काम गरे । त्यसपछि सन् १९८२ मा फिल्म दिल आखिर दिल हे मा काम गरे जसमा उनी नायिका राखीसँग देखिए । त्यसपछि उनी फिल्म मासूममा देखिए जुन सन् १९८३ मा रिलिज भयो । सन् १९८६ मा नसिरुद्दीन शाह मल्टी स्टारर फिल्म ‘कर्म’ मा देखिए यसमा दिलिप कुमार पनि थिए । यो फिल्म निकै हिट साबित भएको थियो । यसबाहेक उनले गुलामी, त्रिदेव, विश्वात्मा, मोहराजस्ता फिल्ममा काम गरे ।
अन्तरराष्ट्रिय फिल्ममा पनि काम गरेः
शाहले थुप्रै अन्तरराष्ट्रिय प्रोजेक्ट्समा पनि काम गरे । सन् २००१ मा उनी फिल्म मनसुन वेडिंगमा देखिए । यसबाहेक उनले पाकिस्तानी फिल्म इन्डष्ट्रिमा पनि काम गरे ।
१५ लाख जेठी मुस्लिम युवतीसँग विवाह गरेः
टाइम्स नाउ न्यूजका अनुसार शाहको कम उमेरमा नै प्रेम बस्यो । जब उनी १९–२० वर्षका थिए तब उनलाई मनारा सिकरी नामकी युवतीसँग प्रेम बस्यो जसलाई परवीन मुराद नामले पनि चिनिन्थ्यो । जब शाह १९–२० वर्षका थिए तब मनारा ३६ वर्षकी थिइन्, उमेरमा यति धेरै भिन्नता हुँदा पनि दुबैले विवाह गरे । दुबैको एक छोरी पनि छन् जसको नाम हिबा शाह राखियो ।
शाहले एक अन्तरवार्तामा उनको त्यो विवाहको निर्णय गलत भएको बताएका थिए । छोरी ६ महिनाको हुँदा उनी श्रीमतीबाट अलग्गिए । एक अन्तरवार्तामा उनले छोरी ८ वर्षको हुँदासम्म नभेटेको बताए ।
नायिका रतना पाठकसँग बस्यो प्रेमः
७० को दशकमा शाहलाई नायिका रतना पाठकसँग प्रेम बस्यो । दुई लामो समयसम्म लिभ–इन सम्बन्धमा रहे । पछि शाहले मनारालाई सम्बन्धविच्छेद दिए र सन् १९८२ मा शाह र रत्ना पाठकले विवाह गरे । दोस्रो विवाहबाट नसिरुद्दीन शाहका इमाद र विवान नामका दुई छोरा भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको काम-कारबाहीप्रति आंशिक रुपमा मात्र सन्तुष्ट छन् मधेसका जनता
-
अभिनेत्री काजल कर्णको गम्भीर आरोप: सुटिङमा हेपियो, जानीजानी कालो मेकअप दलियो
-
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
-
मधेस सरकारको बजेट खर्च ५६ प्रतिशत मात्र
-
सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण