चन्दा आतंक मच्चाउँदै विप्लव समूह, अधिकतम दर २० लाख
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सो समूहले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था, विकास निर्माणसम्बन्धी अन्य आयोजनालगायतबाट चन्दा असुल गर्न तयार पारेको गोप्य सूचना प्रहरीले बरामद गरेको हो ।
सो समूहका पोलिटब्युरो सदस्य माइला लामाको साथबाट प्रहरीले चन्दा उठाउन तयार पारिएको दस्तावेजसहितका गोप्य कागजात बरामद गरेको छ । प्रहरीले शनिबार राति लामा र उनका सहयोगी रमेश तामाङलाई काँडाघारीबाट पक्राउ गरेको थियो ।
‘प्रतिबन्धित नेकपाका नेता लामाको साथबाट ४ सय व्यक्ति वा संस्थाबाट अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल्नेगरी तयार पारिएको सूची लगायतका गोप्य दस्तावेजहरु जफत गरिएको छ, ‘एसएसपी सहकुल थापाले भने । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी
-
ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै
-
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ
-
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
-
आज कर्णालीको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही
-
विश्वभरका जेनजी विद्रोहले भारतको युवा आन्दोलनलाई के सन्देश दिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण