टिजरमा यस्तो छ देखियो ‘लभ यु हमेशा’
काठमाडौं – लभस्टोरी फिल्म ‘लभ यु हमेशा’को टिजर सार्वजनिक गरिएको छ । भास्कर प्रधानको लेखन र निर्देशन रहेको टिजरमा फिल्मको मुख्य अंश समेटिएको छ ।
केही पहिले ६ भदौ रिलिज मिति बताइएको यो फिल्म सरेर भए भदौ २७ मा पुगेको छ । फिल्मको प्राबिधिक कार्य समयमा नसकिदा रिलिज मिति सार्नु परेको निर्देशक प्रधानले बताए ।
युवन गुरुङको प्रस्तुतिमा मिलन गुरुङ सह–निर्माता रहेको फिल्ममा यशराज गरच, ऋचा थापा, फिजा योन्जन,शिसिर राणा, गोपाल ढकाल (छन्दे),सुरज श्रेष्ठ,सौरभ श्रेष्ठ, गीता बर्मा,करुणा श्रेष्ठ,निराजन मेहता, पिटी योल्मो,प्रमिला राई,सल्देन तामाङलगायतका कलाकारको अभिनय रहेको छ ।
भासुको संगीत रहेको फिल्ममा एनवी महर्जनको द्धन्द्ध निर्देशन र कमल राईको कोरियोग्राफी छ । शिब ढकालले खिचेको फिल्मको सुटिङ भारतको कालेबुङ, सिलगुडीमा गरिएको हो ।
फिल्मको एउटा गीत र केही दृश्य सिंगापुर र फिलिपिन्समा खिच्नका लागि यसै साता फिल्म युनीट फिलिपिन्स उड्दैछ । धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको फिल्मलाई रिच इन्टरटेन्मेन्टले बितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण