सुनिल र यमुनाको ‘‘बुट्टे फरिया’
शुक्रबार, १० साउन २०७६, १० : ५०
काठमाडौं– तीज नजिकिँदै गर्दा अचेल दैनिकजसो करिब एक दर्जन हाराहारीमा तीज गीत सार्वजनिक हुने गरेका छन् । यसरी सार्वजनिक हुने केहीमा चेलीका दुःख, केहीमा माइती प्रतिको गुनासो र कतिपयमा गीतमा मायाप्रेमका कुरा समेट्ने गरिएको छ ।
यस्तैमा माया प्रेमका कुरा समेटेर तीज गीत ‘बुट्टे फरिया’ आएको छ । सुनिल घिमिरे क्षेत्री र यमुना अर्यालको स्वर रहेको गीतमा प्रेमीले प्रेमिकालाई राम्रो बनेर अगाडि नाच्न आउन अनुरोध गरेका छन् ।
सुनिता सुनुवारको शब्द, यज्ञ सापकोटाको संगीत रहेको गीतको निकै आकर्षक म्युजिक भिडियोसमेत बनाइएको छ । भिडियोमा मदन खड्का र रिना थापाले थुप्रै कोरसका साथ नृत्य गरेका छन् ।
विरेन्द्र भट्टको सम्पादन र अनिल राइको छायाँकन रहेको भिडियो मदन खड्काले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम डिल्लीबजार कारागार चलान
-
सात प्रदेशका ऊर्जा रणनीतिः उज्यालो अभियानदेखि नीतिगत सहुलियतसम्म
-
चुरेदेखि हिमालसम्म वन जोगाउने सातै प्रदेशका योजना
-
सञ्चार क्षेत्रकाे पुनर्संरचना गर्न श्रमजीवी पत्रकार सङ्घको माग
-
काठमाडौँमा योग दिवसको पूर्वसन्ध्यामा विशेष कार्यक्रम
-
जेठमा कोशीको बजेट खर्च १ अर्ब ५४ करोड, आम्दानी ४ लाख !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण