अनलाइन खेलको प्रतियोगिता जितेर अमेरिकी युवाले जिते किर्तिमानी ३३ करोड रुपैयाँ
एजेन्सी । अमेरिकाको एक युवाले कम्प्युटर गेम फोर्टनाइटको प्रतियोगिता जितेर किर्तिमानी ३ मिलियन डलर (करिब ३३ करोड नेपाली रुपैयाँ) जितेका छन् ।
इन्टरगेमिङको इतिहासमा नै सबैभन्दा धेरै बाँडिएको यस प्रतियोगितामा प्रतियोगीहरुबीच ३० मिलियन डलर पुरस्कार वितरण गरिएको थियो ।
१६ वर्षीय कायल जिरेसडोर्फ न्युयोर्कको आर्थर आसे स्टेडियममा आयोजित उक्त प्रतियोगितामा एकल प्रतिस्पर्धामा विजय बनेका थिए ।
बेलायती युवा जेडन आसम्यानले दोस्रो बनेर करिब १ मिलियन पाउण्ड जिते ।
अनलाइनमा बुघा भनेर चिनिने कायलले पुरस्कारको अधिकांश रकम वचत गर्ने बताउँदै बीबीसीसँग भने, ‘यो रकमबाट नयाँ टबुल किन्नेछु, सायद मेरो यो ट्रफीको लागि ।’

सन् २०१९ मा अर्बौं डलरको व्यावसाय बन्ने अनुमान गरिएको ई–स्पोर्टका लागि यो प्रतियोगितालाई कोशेढुङ्गा मानिएको छ ।
यद्यपि, आगामी अगस्तमा आयोजना हुने ‘द इन्टरनेसनल’ नामक प्रतियोगिताले सबैभन्दा धनराशी बाँडिएको प्रतियोगिताको अहिलेको किर्तिमानलाई तोड्नेछ ।
फोर्टनाइटमा १०० खेलाडीहरुले ठूलो कम्युटर स्क्रिनहरुमा एकअर्कासँग भिडेका थिए ।
यस प्रतियोगितामा छनौट हुनका लागि ४ करोडभन्दा बढी खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा ३० भन्दा बढी देशहरुले भाग लिएका थिए । जसमा ७० जना अमेरिका, १४ जना फ्रान्स र ११ जना बेलायतबाट थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिच शुक्रबार प्रारम्भिक वार्ता गर्ने तयारी
-
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण