‘कबड्डी कबड्डी कबड्डी’ पछि सर्दा ‘मारुनी’लाई फाइदा
काठमाडौं –फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को प्रदर्शन मिति सरेको छ । भदौ १३ गतेबाट प्रदर्शनमा आउने तयारी रहेको यो फिल्म सरेर असोज ३ मा पुगेको छ । प्राविधिक कारणले फिल्मको प्रदर्शन मिति सारिएको निर्माण टिमले जानकारी दियो ।
रामबाबु गुरुङको निर्देशन रहेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ सर्दा यो मितिमा आउने भनिएको अर्काे फिल्म ‘मारुनी’लाई भने फाइदा पुगेको छ । यो फिल्मले देशभर एकल रिलिजको अवसर पाउने भएको छ ।
नवल नेपालको निर्देशन रहेको ‘मारुनी’मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्काको मुख्य भुमिका रहेको फिल्म हो । ‘मारुनी’ले प्रेमकथा बिषयउ बस्तुका रुपमा उठाएको छ ।
‘कबड्डी कबड्डी कबड्डी’ स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा निर्माण भएको हो । दयाहाङ उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको यो फिल्म बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा तयार भएको हो ।
यसमा कर्मा, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्की लगायतको समेत अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण