सोमर्स्वीको ब्रान्ड एम्बेस्डरमा गायक सुशान्त केसी, फ्रेन्डसीप महिनालाई यादगार बनाइने
काठमाडौं– सोमर्स्वी एप्पल साइडरले युवा माझ लोकप्रिय तथा चर्चित गायक सुशान्त के.सीलाई यही साउन १६ बाट लागु हुने गरी एक वर्षको लागि ब्रान्ड एम्बेस्डर घोषित गरेको छ ।
नेपाली युवाहरुमाझ प्रचलित स्फुर्तिदायी पेय ‘सोमर्स्वी एप्पल साइडर’ र युवावर्ग माझ सांगीतिक क्षेत्रका प्रिय र प्रख्यात गायक सुशान्त के.सी ले फ्रेन्डसीप महिनालाई अझै सुरीलो र यादगार बनाउन सहकार्य गरेका छन् ।
गोर्खा ब्रुअरी प्रा.लिका मार्केटिङ्ग डाइरेक्टर बैभव शर्माले यो सहकार्यबाट दुबै परिपुरक हुने विश्वस्त व्यक्त गरे । उनले यो फ्रेन्डसीप महिनामा युवा उपभोक्ताहरुले केसीको सांगीतिक धुनसँग रम्दै र मस्त रहँदै चिसो सोमर्स्वीको साथमा अझै नयाँ सम्झनाहरु यादगार बनाउने अवसर पाउने बताए ।
सुशान्तले भने, “म यो सहकार्यबाट एकदमै आशावादी छु र सोमस्र्वीसँगको यो यात्रा अविस्मरणीय रहनेमा विश्वास गर्छु । ब्रान्डसँग आवद्ध रही मलाई हाम्रो देशका युवामाझ सांगीतिक यात्रा लिएर जुर्ने अवसर प्राप्त भएको छ । मलाई आशा छ सोमर्स्वीका विशेषतालाई मैले परिभाषित गर्न सक्नेछु ।”
फ्रेन्डसीप महिना अभियान
सोमर्स्वीले अन्तराष्ट्रिय फ्रेन्डसीप महिना – अगस्ट २०१९ लाई ध्यानमा राखी नयाँ प्रचार प्रावधान ‘सोमरफन वीथ फ्रेन्डस, डाट्स वन्डरफुल’ उपभोक्तामाझ सार्वजनिक गरेको छ । यो योजना नेपालभरका ५०० भन्दा बढी विक्रि केन्द्रहरुमा उपलब्ध रहनेछ । साथै यो अवधिभर गायक सुशान्त के.सीले धरान, बुटवल, काठमाडौं, पोखरा र नारायणगढमा सांगीतिक यात्रा गर्नेछन् ।
नेपालमा सोमर्स्वी एप्पल साइडर
सोमर्स्वी नेपाली बजारमा एकमात्र उपलब्ध रहेको एप्पल साइडर हो र गोर्खा बु्रअरी प्रा.लि. ले मे २०१६ मा यो पेय सार्वजनिक गरेको हो । तत्पश्चात् यो नेपाली युवामाझ लोकप्रिय रहि आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम डिल्लीबजार कारागार चलान
-
सात प्रदेशका ऊर्जा रणनीतिः उज्यालो अभियानदेखि नीतिगत सहुलियतसम्म
-
चुरेदेखि हिमालसम्म वन जोगाउने सातै प्रदेशका योजना
-
सञ्चार क्षेत्रकाे पुनर्संरचना गर्न श्रमजीवी पत्रकार सङ्घको माग
-
काठमाडौँमा योग दिवसको पूर्वसन्ध्यामा विशेष कार्यक्रम
-
जेठमा कोशीको बजेट खर्च १ अर्ब ५४ करोड, आम्दानी ४ लाख !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण