सलमानका ज्वाइँसँग बलिउडमा डेब्यु गर्दै कट्रिनाकी बहिनी
शनिबार, १८ साउन २०७६, ११ : ०२
एजेन्सी । अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेलले बलिउडमा डेब्यु गर्ने भएकी छिन् । उनले सलमान खानका ज्वाइँ आयुस्मान शर्मासँग बलिउडमा प्रवेश गर्न लागेका हुन् ।
करन ललित बुटानीले निर्देशन गर्ने भनिएको चलचित्रको छायाँकन सेप्टेम्बरबाट शुरु हुने बताइएको छ ।
ट्रेड अनालिस्ट तरन आर्दशले ट्वीट गर्दै यस विषयको जानकारी दिए ।
चलचित्रलाई सुनिल जैन, ओमप्रकाश भट्ट, आदित्य जोशी आलोक ठाकुर र सञ्जय शंकरवरले निर्माण गर्नेछन् ।
एक्सन ड्रामा फिल्म ‘क्वाथा’मा शर्माले प्रहरी अधिकारीको भूमिका निभाउने छन् ।
चलचित्र सन् २०२० मा रिलिज गरिने बताइएको छ ।
यसअघि इसाबेलले सुरज पञ्चोलीसँग स्टान्ली डिकोस्टाद्वारा निर्देशत टाइम टु डान्सबाट बलिउडमा डेब्यु गर्ने बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै
-
भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो
-
डीडीसीमा व्यापक अनियमितता भएको पूर्वअध्यक्ष डा.क्षेत्रीको दाबी, कृषि मन्त्रालय मुख्य जिम्मेवार
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण