साउथ स्टारले अस्वीकार गरे करण जोहरको ४० करोडको अफर
तेलुगु फिल्म डियर कामरेडले यतिबेला बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।
एक हप्ताअघि रिलिज भएको यस चलचित्रले बक्स अफिसमा राम्रो शुरुवात गरेको छ ।
चलचित्रले आफ्नो ओपनिङ विकएन्डमा नै ३३ करोड भारु कमाइसकेको छ ।
चलचित्रमा साउथ स्टार विजय देवराकोन्डा र रश्मिका मन्डानाको मुख्य भूमिका रहेको छ ।
चलचित्रको रिलिजभन्दा अघि नै यसको ठूलो चर्चा रहेको थियो । त्यही भएर निर्माता करण जोहरले चलचित्रको हिन्दी राइट्स ६ करोडमा किनेका थिए ।
करणले राइट्स किने पछि चलचित्रमा इशान खट्टर र जान्ह्वी कपुरलाई कास्ट गर्ने खबर आएको थियो । तर, त्यसलाई करणले अस्वीकार गरेका थिए ।
रिपोर्टका अनुसार उनी विजय देवराकोन्डालाई कास्ट गर्न चाहन्थे । यसका लागि उनले विजयलाई ४० करोड भारुको अफर पनि गरेका थिए । तर, विजयले उक्त अफर अस्वीकार गरेको बताइएको छ ।
विजयको साउथ चलचित्र अर्जुन रेड्डीको हिन्दी रिमेक कबीर सिंहमा पनि पहिले उनलाई लिने बताइएको थियो । तर, विजयले हिन्दी रिमेकमा काम गर्न अस्वीकार गरेका थिए ।
त्यसपछि मात्र उक्त भूमिकामा शाहिद कपुरलाई कास्ट गरिएको थियो । कबीर सिंह शाहिदको करियरकै सबैभन्दा ठूलो हिट बनिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण