छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोजेपछि.... (भिडियो)
१९ वर्षे छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोज्ने लागुऔषध कारोबारी पक्राउ परेका छन् ।
रियो दे जेनेइरोका जेल अधिकारीले सिलिकन मास्क, विग, ब्रा र टाइट फिटिङ टिसर्ट लगाएका कैदीको भिडियो सार्वजनिक गरेको छ ।
उक्त भिडियोमा ४२ वर्षे ती कैदीले आफूले छोरीजस्तो देखिन जे जति सामग्रीको प्रयोग गरेका थिए, ती सबै एकएक गर्दै निकालिरहेको देख्न सकिन्छ ।
अधिकारिका अनुसार बुवालाई जेलबाट भगाउन सहयोग गर्ने छोरीलाई पनि पक्राउ गर्ने सम्भावना छ ।
जेल अधिकारीका अनुसार १९ वर्षे छोरी आफ्नो बुवा क्लाउभिनो दा सिल्भालाई भेट्न रियो दे जेनेइरोस्थित बांगु थ्री नामको जेलमा आएकी थिइन् । सिल्भा ७३ वर्ष १० महिनाको जेल सजाय काटिरहेका थिए ।
तर छोरीको रुप धारण गरेर भाग्ने सिल्भाको योजना बीचमै तुहियो । उनको असामान्य रुपलाई गार्डले चिनिहाले । त्यसपछि उनलाई क्यामराको अगाडि पोज दिन लगाइयो र पुनः जेलमा हालियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण