लिभरपुलले जित्यो सुपर कप
युरोपेली सुपर कप फुटबलको उपाधि लिभरपुलले जितेको छ । च्याम्पियन्स लिग विजेता समेत रहेको लिभरपुलले चेल्सीलाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै उपाधि जितेको हो । बुधबार राति भएको निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा पनि २–२ गोलको बराबरीमा सकिएपछि खेलको नजिता टाईब्रेकरबाट निकालिएको थियो ।
खेलमा सुरुवाती अग्रता चेल्सीले लिएको थियो । ३६औं मिनेटमा ओलिभर गिरोडले गोल गर्दै चेल्सीको उत्साह बढाए । उनले क्रिस्टियन पुलिसिकको पासमा पोस्ट् नजिकबाट गोल गरेका थिए । त्यसपछि जोसिएको लिभरपुलले दोस्रो हाफको सुरुवातमा बराबरी गोल फर्कायो । ४८औं मिनेटमा लिभरपुलका साडियो मानेले बराबरी गोल गरे । अतिरिक्त समयको ९५औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अगाडी बढाए । १०१औं मिनेटमा चेल्सीले पेनाल्टीको अवसर पायो । उक्त पेनाल्टीलाई जर्जिन्होले सदुपयोग गरेका थिए । त्यसपछि खेल टाईब्रेकरमा पुगेको थियो ।
टाईब्रेकरमा लिभरपुलका सबै प्रहार सफल बनेको थियो । चेल्सी चारवटा प्रहारमा मात्र सफल बन्यो । पेनाल्टीमा चेल्सीका ट्यामी अब्राहम चुकेका थिए । अब्राहमको प्रहारलाई गोलरक्षक एड्रीएनले विफल पारेपछि लिभरपुल च्याम्पियन बनेको थियो । चेल्सी भने लगातार तेस्रो पटक फाइनलमा चुक्यो । लिभरपुलको यो यो लिभरपुलकोचौथो सुपर कप उपाधि हो । उस उपाधि स्पेनिस महारथि बार्सिलोना र इटालियन क्लब एसी मिलानले सर्वाधिक पाँच पाँच पटक जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण