काठमाडौंमा सिचुवानको खाना : जाने होइन त खान ?
काठमाडौं । हायात रिजेन्सी काठमाडौँले शुक्रबार दश दिने सिचुवान फूड फेस्टिबलको शुभारम्भ गरेको छ ।
चिनियाँ खानाको १३ वर्षे लामो अनुभव भएका सेफ याम बहादुर क्षेत्रीको संयोजनमा हायात रिजेन्सी काठमाडौंमा फूड फेस्टिबल सुरु भएको हो ।
सिचुवान खाना विविधतापूर्ण स्वाद र विशिष्ट पकाउने विधिका अतिरिक्त पिरोको लागि निकै प्रख्यात छ ।
दश दिनसम्म चल्ने फूड फेस्टिबलमा पाहुनाले कयैन सिचुवान परिकारका विशिष्ट स्वादको मजा लिन सक्छन् ।
सिचुवान फूड फेस्टिबल हायत रिजेन्सीको द क्याफेमा भइरहेको छ । फेस्टिबलमा सहभागी हुने प्रत्येक व्यक्तिले २२ सय रुपैयाँका अतिरिक्त कर तिर्नुपर्नेछ । कार्यक्रम अगष्ट १६ देखि अगष्ट २५ सम्म साँझ ६ः३० देखि राति १० बजेसम्म हुनेछ ।
सिचुवान फूड फेस्टिबल हुन लागेको हायात रिजेन्सी काठमाडौं विश्वप्रसिद्ध ब्राण्ड हायात रिजेन्सीको एउटा हिस्सा हो । २८० कोठा भएको पाँच स्टार होटेल युनेस्कोमा सूचीकृत विश्व सम्पदा क्षेत्र बौद्ध स्तुपाको नजिकै रहेको छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण