डर्टमन्डको सानदार जित
साविकको उपविजेता बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा सानदार जित हात पारेको छ । घरेलु मैदानमा डर्टमन्डले पछि परेको स्थितिमा उत्कृष्ट पूनरागमन गर्दै अग्सवर्गलाई ५–१ गोलले हरायो । डर्टमन्डको जितमा पाको अल्कासेरले दुई, जाडोन सान्चो, मार्काे रिउस र जुलियन ब्रान्डले एक एक गोल गरे । अग्सवर्गका लागि फ्लोरियनले गोल गरेका थिए ।
पहिलो मिनेटमै अग्सवर्गका फ्लोरियनले खाता खोलेका थिए । डर्टमन्डले दुई मिनेट लगत्यै बराबरी गोल फर्कायो । तेस्रो मिनेटमा पाको अल्कासेरले बराबरी गोल गरे । पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएपनि डर्टमन्डले दोस्रो हाफमा चार गोल थपेको थियो ।
५१औं मिनेटमा युवा खेलाडी जाडोन सान्चोले गोल गर्दै डर्टमन्डलाई खेलमा २–१ को अग्रता दिलाए । ५७औं मिनेटमा मार्काे रिउसले तथा ५९औं मिनेटमा पाको अल्कासेरले गोल गर्दै डर्टमन्डलाई ४–१ को अवस्थामा पुर्याए । ८२औं मिनेटमा वैकल्पिक खेलाडी जुलियनले गोल गर्दै डर्टमन्डलाई ५–१ को फराकिलो जित दिलाए । पहिलो जितसँगै डर्टमन्डले तीन अंक बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् १९५८ को विश्वकप फाइनलमा पेलेले लगाएको जर्सी ६७ करोडमा बिक्री
-
अमेरिकामा गायक युवराज चौलागाईंलाई सम्मान
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण