विद्युतीकरणको महाअभियानमा लागिरहन्छु : कुलमान घिसिङ
काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चुहावटलाई न्यूनिकरण गर्दै विद्युतीकरणको महाअभियानमा लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्राधिकरणको ३४ औ बार्षिकोत्सवका अवसरमा आइतबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्राधिकरणले टार्गेट पुरा गर्दै गएकाले आगामी बर्षमा हरेक चुनौतीहरुको सामना गर्दै जाने विश्वास पनि व्यक्त गरे ।
उनले चालू आर्थिक बर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युतीकरण गराउनुको साथै आगामी ४ बर्षमा सबै जिल्लामा विद्युत्को पहुँच पुर्याउने प्राधिकरणको लक्ष्य चुनौतीपूर्ण रहे पनि सबैको सहयोग र सहकार्यमा सम्भव गराउन सकिने विश्वास व्यक्त गरे ।
सरकारी लक्ष्य पुरा गर्न प्राधिकरणको प्रणाली र नवीकरणीय ऊर्जाका स्रोतबाट विद्युतीकरण गर्न लागिएको पनि उनले स्पष्ट पारे । गत आर्थिक बर्षमा टार्गेट गरे भन्दा बढी मुनाफा कमाएको भन्दै उनले चालू आर्थिक बर्षमा ८ अर्ब माथि मुनाफा कमाउने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म विपक्षीले सदन चल्न नदिने
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण