चालू आर्थिक वर्षको पहिलो महिनामा ०.२७ प्रतिशत बजेट खर्च
सोमबार, ०२ भदौ २०७६, ११ : ४४
काठमाडौं–चालू आर्थिक वर्ष (२०७५/०७६) को पहिला एक महिनामा बजेट खर्च ०.२७ प्रतिशत भएको छ । पुँजीगत खर्च ०.१५ प्रतिशत भएको छ भने चालु खर्च ०.३७ प्रतिशत भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
सरकारले चालु आर्थिक बर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको हो ।
जसमा साउन मसान्तसम्म ४ अर्ब २० करोड ३५ लाख रुपैयाँ खर्च भएको हो । पुँजीगत खर्च ५९ करोड २९ लाख खर्च भएको छ । चालु बर्षका लागि ४ खर्ब ८ अर्ब ५९ लाख पुँजीगत खर्च छुट्याइएको छ ।
चालु तर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख छुट्याइएकोमा ३ अर्ब ५० करोड १४ लाख रुपैयाँ खर्च भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण