फेसबुकमार्फत खुकुरी देखाउँदै ओली, प्रचण्ड र देउवालाई ‘काट्छु’ भन्ने पक्राउ
मङ्गलबार, ०३ भदौ २०७६, १५ : ११
काठमाडौं । प्रहरीले खुकुरी देखाएर प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भन्ने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका सागर क्षेत्री रहेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत नेताहरुलाई गाली गरेको आरोपमा क्षेत्रीलाई बाराबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाकाको टोलीले पक्राउ गरेको हो ।
प्रधानमन्त्री ओली, प्रचण्ड र देउवालाई अपशब्द बोल्दै भिडियोमार्फत खुकुरी देखाउँदै काट्छु भनेका सागरलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
पक्राउ परेका क्षत्रीलाई काठमाडौं ल्याइँदै छ ।
एसएसपी थापाका अनुसार नुवाकोटका पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई समर्थन गर्दै नेतालाई अपशब्द बोलेपछि क्षत्रीलाई पक्राउ गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चद्वारा वायुसेवा निगमको सञ्चालक नियुक्ति बदर, जेनजी मुभमेन्टद्वारा मन्त्री बर्खास्तीको माग
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
-
८ वर्षीय बाल प्रतिभा सम्राटको गीत ‘साँच्चै तिमी भगवान हौ बाबा-आमा’ सार्वजनिक
-
दोलखामा दुई वटा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, २ जना घाइते
-
अमेरिकाले युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौतीको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण