तराई मुक्तिमोर्चाका फरार कार्यकर्ता पक्राउ
रौतहट– हातहतियार खरखजाना मुद्धाका फरार तराई मुक्ति मोर्चाका कार्यकर्तालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । मोर्चा कार्यकर्ता तथा फरार अभियुक्त गरुडा नगरपालिका २ गेडही गुठीका रामएकवाल सहनीलाई गौर चन्द्रपुर सडकखण्डको मध्यभाग झाँझपुल नजिकैबाट विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
सहनीसहित मोर्चाका ५ जना हतियारसहितका समूहले सर्लाही हकठवा इलाका प्रहरी कार्यालयबाट २०६७ मंसिर १७ गते गएको प्रहरी गस्ती टोलीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरी र मोर्चा कार्यकर्ताबीच भएको भिडन्तमा प्रहरी गस्तीटोलीका कमाण्डर प्रनानि लवजंग चौहान घाइते भएका थिए । सहनी सहितका मोर्चाका कार्यकर्ताले प्रहरीको ५४ एमएमको एकथान पेस्तोल समेत लुटेर लगेको जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बताए ।
लामो समयपछि पक्राउ सहनीलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाउने तयारी भइरहेको एसपी खत्रीले जानकारी दिए । त्यसैगरी नेपालबाट भारत तर्फ रक्सी ओसारपसार गर्ने फरार एकजना साहु पक्राउ परेका छन । फरार सूचीमा रहेका रक्सीका कारोवारी रौतहट ईशनाथ नगरपालिका ४ का उपिन्दर साह पक्राउ परेका हुन । गत असार १६ गते उपिन्दर साहले भारतीय नम्बर एनएल ०७ , ७३३६ नम्बरको बोलेरो जिप र पाँचवटा मोटरसाईकलमा रौतहटमा उत्पादित सौंफी रक्सी बोकेर भारततर्फ गइरहेको क्रममा प्रहरीले पक्राउ गरेलगत्तै उपिन्दर साह फरार भएका थिए ।
बिषेश सुचनाको आधारमा साहलाई हिजो घर्रैबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी खत्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
-
सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण