मार्क्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन: दुई बुँदे काठमाडौँ घोषणापत्र जारी
काठमाडौ– पहिलोपटक आयोजना गरिएको मार्क्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन दुईबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलले संयुक्त रुपमा सोमबारदेखि काठमाडौँमा आयोजना गरेको सम्मेलनमा नेपाल, भारत, चीन, जर्मनी, बेलायतलगायत देशका ३०० प्रतिनिधिको सहभागिता थियो । सम्मेलनले माक्र्सवाद र एसियाली दर्शनलाई दार्शनिकबीच खुल्ला संवाद एवं बहस गराई विचार, ज्ञान र दर्शनको समृद्धिकरणमा निरन्तर जुटिरहने घोषणा गरेको छ ।
यसैगरी वर्षमा कम्तीमा एउटा बृहत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने प्रतिबद्धता पनि गरिएको आयोजक समितिका सदस्यसचिव डा. प्रेमराज न्यौपानेले राससलाई जानकारी दिए । समापन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ माक्र्सवादी चिन्तक मोहन वैद्यले नेपालका मौलिक दर्शनदेखि माक्र्सवादको विषयवस्तुबारे बहस शुरु हुनु सकारात्मक रहेको बताए ।
संस्कृत भाषा ज्ञानको भण्डार भएकाले सबैलाई अनिवार्य पढ भन्न नसकिए पनि जान्न र बुझ्नका लागि पनि अध्ययन गर्नुपर्नेमा उनले जोड दिए । नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक डा. काशीनाथ न्यौपाने, माक्र्सीय गुरुकुलका अध्यक्ष सोनाम साथीलगायतले एसियाली र माक्र्सवादी दर्शनका राम्रा विषयलाई छनोट गरी अध्ययन–अनुसन्धान गरिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण