फेड प्रमुखले राजिनामा दिए रोक्दिनँः राष्ट्रपति ट्रम्प
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेड)का प्रमुख जेरोम पावेलले राजिनामा दिए आफूले नरोक्ने बताएका छन् ।
अमेरिकी अर्थव्यवस्थाका सम्बन्धमा ट्रम्पका नीतिको आलोचना गरेसँगै पावेललाई राजिनामा दिन राष्ट्रपति ट्रम्पले सुझाव दिएका हुन् ।
फ्रान्समा आयोजना हुने सात प्रमुख औद्योगिक राष्ट्रहरुको बैठक (जी७) मा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुअघि पावेलका बारेमा सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, ‘उहाँले राजिनामा दिए, मैले रोक्ने छैन ।’
राष्ट्रपति ट्रम्पले शुक्रबार नै एक कार्यक्रममा चीनभन्दा ठूलो ‘दुश्मन’ पावेल रहेको बताएका थिए । चीनसँग राष्ट्रपति ट्रम्पले व्यापार युद्ध नै छाडिसकेका छन् ।
फेड प्रमुख पावेलले राष्ट्रपतिको भावना विपरीत पटकपटक व्याजदर कटौती गरेको र आफ्ना अर्थनीतिलाई खुलेर समर्थन नगरेको राष्ट्रपति ट्रम्पले आरोप लगाउँदै आएका छन् ।
यद्यपि राष्ट्रपति ट्रम्पले नै पावेललाई केन्द्रीय बैंकको प्रमुखमा सन् २०१८ मा नियुक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जुन पराजुलीको कविता : नागरिकता र पत्रिका एउटै हो महोदय ?
-
युवाको बजेट गुणात्मक रूपमा बढाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
साउदी अरबमा कार्यरत २४ जना नेपाली श्रमिक अलपत्र
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदै
-
काभ्रेको महाभारतमा दम्पती मृत फेला, हत्याको आशङ्का