फेड प्रमुखले राजिनामा दिए रोक्दिनँः राष्ट्रपति ट्रम्प
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेड)का प्रमुख जेरोम पावेलले राजिनामा दिए आफूले नरोक्ने बताएका छन् ।
अमेरिकी अर्थव्यवस्थाका सम्बन्धमा ट्रम्पका नीतिको आलोचना गरेसँगै पावेललाई राजिनामा दिन राष्ट्रपति ट्रम्पले सुझाव दिएका हुन् ।
फ्रान्समा आयोजना हुने सात प्रमुख औद्योगिक राष्ट्रहरुको बैठक (जी७) मा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुअघि पावेलका बारेमा सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, ‘उहाँले राजिनामा दिए, मैले रोक्ने छैन ।’
राष्ट्रपति ट्रम्पले शुक्रबार नै एक कार्यक्रममा चीनभन्दा ठूलो ‘दुश्मन’ पावेल रहेको बताएका थिए । चीनसँग राष्ट्रपति ट्रम्पले व्यापार युद्ध नै छाडिसकेका छन् ।
फेड प्रमुख पावेलले राष्ट्रपतिको भावना विपरीत पटकपटक व्याजदर कटौती गरेको र आफ्ना अर्थनीतिलाई खुलेर समर्थन नगरेको राष्ट्रपति ट्रम्पले आरोप लगाउँदै आएका छन् ।
यद्यपि राष्ट्रपति ट्रम्पले नै पावेललाई केन्द्रीय बैंकको प्रमुखमा सन् २०१८ मा नियुक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण