राजीनामा दिने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २२ चिकित्सकको २४ घण्टे अल्टिमेटम
काठमाडौँ । भदौ ६ गते सामूहिक राजीनामा दिएका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २२ जना चिकित्सकले काममा फर्कनको लागि प्रशासन समक्ष ८ बुँदे मागलाई अघि सारेका छन् ।
२४ घण्टा सम्म माग सम्बोधन गर्ने या राजीनामा स्वीकृत गर्ने दुई मध्ये एक विषयको टुङ्गो लगाउन उनीहरुले उपकुलपतिलाई आग्रह गरेका छन् । माग सम्बोधन नभएको खण्डमा आकस्मीक बाहेक सबै सेवामा सहभागी नहुने उनीहरुले बताएका छन् ।
प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीबाट बारम्बार धम्कीसँगै मानसिक तनाव खेप्नुपरेको भन्दै प्रतिष्ठान दाङका २५ जनामध्ये २२ जना चिकित्सकले सामूहिक राजीनामा दिएका थिए । राजीनामा दिने चिकित्सकहरुले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले ८ बुँदे मागलाई सम्बोधन गरेको खण्डमा आफूहरु काममा फर्कने बताएका हुन् ।
८ बुँदे मागमा चिकित्सकलाई डरधम्की मानसिक यातना नदिई करार अवधिभर सहज काम गर्न सक्ने वातावरण बनाउनु पर्ने, ऐन बमोजिम बिदा पाउनुपर्ने, बर्खास्त डा. मनोज यादवलाई ससम्मान पुर्नबहाली गर्नुपर्ने , अस्पतालको विकास गर्ने विषयमा एकलौटी निर्णय गर्ने परिपाटीलाई बन्द गर्नुपर्ने लगायत विषय रहेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नेतृत्व चयन: वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य सर्वसम्मत
-
सर्वोच्चद्वारा वायुसेवा निगमको सञ्चालक नियुक्ति बदर, जेनजी मुभमेन्टद्वारा मन्त्री बर्खास्तीको माग
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
-
८ वर्षीय बाल प्रतिभा सम्राटको गीत ‘साँच्चै तिमी भगवान हौ बाबा-आमा’ सार्वजनिक
-
दोलखामा दुई वटा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, २ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण