राष्ट्रियसभा बैठक: नेकपा शीर्ष नेताको विवादप्रति काँग्रेस दुःखी
काठमाडौं– राष्ट्रियसभा बैठक नेपाली काँग्रेसले नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक कलहमा दुःख व्यक्त गरेको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा नेपाली काँग्रेसका सांसद रमेशजंग रायमाझीले मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबै दलहरु मिलेर काम गर्नुपर्ने बेला नेपाल कम्युनिष्ट पार्टीभित्र दुई शीर्ष नेताहरुबीच भएको सम्वाद र तिक्तताले सबै राजनैतिक दलका कार्यकर्ताको शीर निहुरिएको बताए ।
यस किसिमको ब्यबहार र सम्वादको शैलीले राजनैतिक संस्कृति नै बदनाम हुने भन्दै चिन्ता व्यक्त गरे । देशको आवश्यकता समान उद्देश्य भएका दलहरुको कार्यगत एकता हुनुपर्ने त्यो नभए मुद्दा केन्द्रित एकता हुनुपर्ने समयमा दल भित्रको किचलोले सम्वृद्धितपÞर्m बढ्न बाधा पुग्ने बताए । यस्तै आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसद बलराम बास्कोटाले भने पारस शाहले अन्तर्राष्ट्रिय बिमानस्थलमा प्रहरी माथि गरेको दुव्र्यवहारमा किन कारबाही नगरेको भन्दै सरकारसँग रोष प्रकट गरे ।
यस्तै सांसद बास्कोटाले देशमा अवान्छित गतिविधिहरु बढ्ने, विभिन्न बहानामा कानून हातमा लिने र ‘सरकार र संविधानको बर्खिलाप हुनेगरी गतिबिधि बढ्दा सरकार के गरेर बसेको छ’ भनेर समेत प्रश्न गरे । रवि लामिछाने प्रकरणमा विभिन्न सामाजिक सञ्जालमा अवाञ्छित गतिविधि हुँदा प्रशासनलाई कानुन कार्यान्वयन गर्न के कारणले रोक्यो भनेर आक्रोश पनि ब्यक्त गरे । काठमाडौँ चितवन लगायतका क्षेत्रमा बढेको अवान्छित गतिविधि रोक्न सरकारले गरिरहेको कामबारे सदनमा जानकारी गराउन माग पनि गरे ।
विशेष समयमा बोल्ने अन्य वक्ताहरुले देशको समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण