एरजहोस्टेस भन्दै फेसवुक मार्फत सम्पर्क गरी ठगी गर्ने महिला पक्राउ
आइतबार, ०८ भदौ २०७६, २० : ३३
काठमाडौं – एरजहोस्टेस भन्दै फेसवुक मार्फत सम्पर्क बढाइ ठगी गर्ने झापा अर्जुनधारा नगरपालिका ६ की २७ वर्षीया तविता राई पक्राउ परेकी छन् ।
गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसवुक आइडी खोली फ्रेन्ड रिक्वेस्ट पठाई म्यासेजमा कुरा गरी नजिकिँदै ठगी गरेको आरोपमा राई पक्राउ परेकी हुन् ।
उनले आफ्नो घर सिक्किम रहेको र आफु जेट एयरलाइन्सको एयर होष्टेसको रुपमा काम गर्दै आइरहेको बताउँदै आएकी थिन् ।
आकश्मिक समस्या देखाई विभिन्न पुरुषसँग रकम माग गरी ठगी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
दुई जना पुरुषको उजुरीको आधारमा पक्राउ परेकी राईमाथि जिल्ला अदालत झापावाट ६ दिन म्याद थप गरि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण