बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

अधिकारीको ‘धरोधर्म म तिमीलाई मन पराउँछु’

आइतबार, २९ साउन २०७४, १४ : ००
आइतबार, २९ साउन २०७४

काठमाडौं – पत्रकार गिरिजा अधिकारीले नयाँ गीत बजारमा ल्याएका छन् । ‘धरोधर्म म तिमीलाई मन पराउँछु’ बोलको गीत उनले गायक रामचन्द्र काफ्लेको स्वरमा ल्याएका हुन् । 
गीतमा अधिकारीको शब्द र विकास पाण्डेको संगीत रहेको छ । गीतलाई सुमन केसीले एरेन्ज गरेका छन् । पत्रकारितामा दरिलो उपस्थिति जनाएका अधिकारी साहित्यसँगै गीत संगीतमा पनि लगाव राख्छन् ।
उनको अर्को गीत ‘मेरी सानीले..’ पनि बजारमा आउँदैछ । गीतमा गायक रुपक डोटेलले आवाज दिएका छन् । सो गीत गायक डोटेलको ‘सानु’ एल्बमा समेत समावेश गरिएको छ ।
स्टुडियो द पिकमा रेकर्ड गरिएको गीत युवा पुस्तालाई नचाउने किसिमको रहेको अधिकारीले बताए । आगामी दिनमा पनि गीत संगीतलाई निरन्तरता दिने सोचमा रहेका अधिकारीका हालसम्म मकवानपुरे पत्रकारिता इतिहास र समीक्षासहित ४ कविता संग्रह बजारमा आइसकेको छ । 
आफ्नो गीतहरुको एल्बम छिट्टृ बजारमा ल्याउने आफुले तयारी गरेको अधिकारीले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप