बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको भाग्य पशुपतिनाथको हातमा : प्रदीप गिरी

सोमबार, ०९ भदौ २०७६, १७ : ४३
सोमबार, ०९ भदौ २०७६

काठमाडौँ– काँग्रेसका सांसद प्रदीप गिरीले नेपाल भारत संयुक्त बैठकमा १९५० को सन्धी पुनरावलोकन गर्ने विषयमा कुरा उठाएको भनेर परराष्ट्रमन्त्रीले संसदलाई जानकारी गराएपनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त कुरा नभएको भन्दै सरकारको कुटनीतिक व्यवहार प्रति प्रश्न उठाएका छन् ।

सोमबार संसद बैठकमा बोल्दै काँग्रेस नेता समेत रहेका गिरीले सरकारकै परराष्ट्रमन्त्रीले बाहिर एउटा कुरा गर्ने र दस्तावेजमा अर्को कुरा लेख्ने यो कस्तो खालको कुटनीति भएको हो भन्दै प्रश्न गरे ।

‘परराष्ट्रमन्त्री माननीय प्रदीप ज्ञावालीजीले नेपाल÷भारत संयुक्त आयोगका बैठकका सिलसिलामा के कस्ता कुरा भए, के कस्तो उपलब्धि भयो भन्ने विषयमा हामीलाई जानकारी दिनु भयो । त्यो जानकारी सुनेर, गद्गद् र मोहित भएर निस्किएपछि साँझपख मैले त्यसै आयोगका सिलसिलामा नेपाल सरकार र परराष्ट्र मन्त्रालयले प्रेसिते प्रेस विज्ञप्ति पनि पढ्न पाएँ । तर अध्ययन गर्दा के निष्कर्षमा पुगेँ भने माननीय मन्त्रीज्यूले कालापानी, लिपुलेक, सुस्ता इत्यदिका बारेमा कुरा उठायौँ भन्नुभयो १९५० को सन्धीको पुनरावलोकनका लागि । दुई देशको सचिवस्तरीय सयन्त्र बनायौँ भन्नु भएको छ । संयोगवश वा नियतवश परराष्ट्रको वक्तव्यमा त्यो छैन त्यसमा म ज्यादा टिप्पणी गर्नु सक्दिन ।’

लिङदेनलाई गिरीको स्पष्टीकरण

यस्तै गिरीले राप्रपाका सांसद राजेन्द्र लिङदेनले आफुले संसदको परराष्ट्र समितिमा बोलेको कुरालाई लिएर गम्भिर प्रश्न उठाएको भन्दै त्यसको जजाफ समेत दिए । गत बुधबार बसेको समितिको बैठकमा गिरीले ‘भारतले चाहे नेपाललाई सिक्किम बनाउन सक्छ’ भन्ने अभिव्यीक्त दिएका थिए । त्यसको विरोधमा सांसद लिङदेनले सदनमै प्रश्न उठाएका थिए । 

‘राप्रपाका एक मात्र सदस्य राजेन्द्र लिङ्देलले केही दिनअघि परराष्ट्र समितिका क्रममा मैले बोलेका कुरालाई लिएर गम्भीर प्रश्न राख्नुभएको छ । सो कुराको मैले यस सदनमा सिद्ध गर्नुपर्छ’ गिरीले भने, ‘नेपाल भारत संयुक्त आयोगको बैठक निरर्थक भएको छ । देश बदलिसकेको छ । सरकार बदलिसकेको छ । दुई वर्षको तोते बालकले भाषा सिक्दा शब्द बारम्बार दोहोरउँछ । ‘बाबु के भनेको ? भन्दा ‘हात्ती’ भन्छ । यस्तै हामीले पनि लिपुलेक, सुस्ता कालापानी र १९५० को सन्धिको पूनरावलोकन भन्ने गरेका छौँ । उनले पटकपटक १९५० को सन्धी पनरावलोकनको कुरा गरेपनि पुनरावलोकन कसले गर्न रोकेको छ ? भन्दै प्रश्न गरे ।

उनले नेपालका राजनीतिक दल र सरकारको कामकारवाही देखेर आफुले बाध्य भएर भारतले चाहे नेपाललाई सिक्किम बनाउन सक्छ भनेर भनेको भन्दै भने, ‘अस्तीका दिन परराष्ट्र समितिको बैठकमा बाध्य भएर कुटनीतिका सिद्धान्तबारे कुरा उठाएको हुँ ।’ कुनै पनि राष्ट्रले आफ्ना कानुनी अधिकारलाई वास्तविक शक्ति सम्झनु नहुने गिरीको भनाई छ ।

‘लिपुलेक, सुस्ता, कालापानी, १९५० सन्धीको पुनरावलोकन भाषण गर्दा बोल्दा, दोहोर्याउँदा चुनावमा ठीक हुने भन्दै अरुवेला उठाउँदा बेठिक हुने गरेकोमा आपत्ति जनाए ।

‘१९५० को सन्धी सच्याउनु परेको छ, फेर्नु छ तर बोलेर हुँदैन । बालककालदेखि नाराहरु सुनिराखेको छु । त्यहि नाराका शिलशिलालाई कोट्याउँदै मैले त्यहाँ (परराष्ट्र समिति) प्रश्न गरेको थिएँ,’ कालापानी सच्चाउने हो भने बोलेर नहुने पनि प्रश्ट पारे ।

‘ठुलो इरादा होला कसैको, भारतको होला, चीनको होला, अमेरिकाको होला । आज विश्व एउटा गाउँ भइसकेको छ ग्लोबल भिलेज भन्छौँ हामी । कसैले यस्तो इरादा राख्यो भने के गर्ने ?’ उनले प्रश्न गरे ।

कुटनीतिलाई नबुझिकन राजनीति र प्रचारमा मिसाइएको भन्दै उनले नेपालको भाग्य पशुपतिनाथको हातमा हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप