मगंलबार पश्चिमी भू-भागमा भारी वर्षाको सम्भावना
काठमाडौं – काठमाडौँसहित सोमबार देशभरी मेघ गर्जन सहित हल्का वर्षा भएको छ ।
देशका केहीस्थानमा चट्याङ्गसहित हल्का वर्षा भएपनि पश्चिमी भू–भागका एक दुई स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मगंलबार भने देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।
मंगलबार मेघ गर्जनसहित चट्याङ्ग र वर्षा हुने सम्भावना भएको महाशाखाले जनाएको छ ।
पश्चिमी भू–भागका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । देशभरी सामान्य बदली भई केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेका छ ।
पश्चिमी भूभाग नै एक दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले त्यस स्थानका सर्वसाधारणलाई पनि सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण