नुवाकोटमा खोलाले बगाउँदा बालक बेपत्ता
मङ्गलबार, १० भदौ २०७६, १३ : ५८
नुवाकोट– नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ । फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ–३ स्थित होलिभिजन पब्लिक बोर्डिङमा अध्ययनरत नौ वर्षीय घलेलाई जानगन्दो खोलाले बगाएकामा खोजी गरिए पनि आज बिहानसम्म फेला पार्न सकिएको थिएन ।
विद्यालयबाट फर्केका तीनमध्ये घलेलाई बगाएर बेपत्ता बनाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले खोजतलास जारी राखेको छ । किस्पाङको वडा नं १ बाट गाउँपालिकाको कार्यालयसमेत रहेको स्थान वडा नं ३ को काहुलेतर्फ जाने उक्त खोलामा पुल नहुँदा वर्षाको समयमा आउने बाढीले आवतजावतमा समस्या हुँदै आएको स्थानीयवासी भीमबहादुर घलेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका सवालमा सरकारले कसैसँग सम्झौता : मन्त्री शर्मा
-
सुदूरपश्चिम सरकारको बजेट निर्माण कार्यतालिका प्रभावित
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइँदै
-
वेश्यावृत्ति गराएको आरोपमा खाजाघर सञ्चालक पक्राउ
-
राजस्थान रोयल्सविरुद्ध हैदरबादको एक रनको रोमाञ्चक जित