हत्यादेखि आत्महत्यासम्मः घातक बन्दै विवाहइतर सम्बन्धको परिणाम
पछिल्लो समय भएका केही हत्या तथा आत्महत्या वैवाहिक सम्बन्धमा बाँधिएका परपुरुष वा परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
विवाहइतर सम्बन्धका कारण इतरसम्बन्धमा रहेकाहरूबीच खटपट हुँदै परिवारमा समेत जानकारीमा आएपछि अन्तिममा आत्महत्यासम्म हुने गरेको पछिल्ला केही घटनाले देखाएको छ ।
गत २४ चैतमा भरतपुर ११ चितवनमा माया आलेमगरसहित उनका छोरा विवेक आलेमगर र छोरी विनिता आलेमगरले एउटै कोठामा सलको पासो लगाएर आत्महत्या गरे ।
नेपाली सेनाको प्युठ पदमा जागिरे उनका श्रीमान् बिदामा घर आएका बेलासमेत आफूसँग सरसल्लाह नगरी घर छाडेर बसेको भन्दै माया आलेसहित तीनै जनाले आत्महत्या गरेका थिए ।
छोरा विवेकको सुसाइड नोटका आधारमा बाबुको बाहिरी सम्पर्ककै कारण आमाले चित्त दुखाएको र तीनै जनाले आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको थियो । पछि मायाले श्रीमान्लाई आत्महत्याअघि गरेको म्यासेजसमेत प्रहरीले फेला पारेको थियो । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण