२७ वर्षे युवतीले ८३ वर्षीय हजुरबुवासँग विवाह गरिन्ः पहिलो नजरमै माया बसेको बताइन्
इन्डोनेशियाको सेन्ट्रल जाभामा झारफुक गर्ने व्यक्तिको रुपमा स्थापित ८३ वर्षे साहमानको २७ वर्षीया युवतीसँगको विवाह केही हप्तादेखि अत्यधिक चर्चामा छ । यी दुईको उमेर भिन्नताका कारण विवाद निम्तिएपनि ती युवतीले आफ्ना नयाँ श्रीमानसँग पहिलो नजरमा नै प्रेम बसेको दाबी गरेकी छिन् ।
अडिटी सेन्ट्रलका अनुसार २७ वर्षे नुराइनीले ८३ वर्षे सुदिर्गोलाई जुलाईमा भेटेकी हुन् । उनी उनको आमाबुवासहित सुदिर्गोसँग झारफुक गर्न गएकी थिइन् । त्यो पहिलो भेटमा नै आफू सुदिर्गोको प्रेममा परेको उनले बताइन् । उनले त्यो भेटपछि पनि ८ जनाका हजुरबुवालाई बहाना बनाएर पटक–पटक भेट्न गएको बताइन् । ८३ वर्षे सुदिर्गोले भने आफूहरुबीचको उमेर भिन्नताका कारण नै रोमान्टिक सम्बन्ध असम्भव ठानेको बताए ।
विवाह गर्नका लागि उनीहरुलाई परिवारको समर्थन चाहिन्थ्यो । नुराइनीले सोचेभन्दा सजिलै परिवारको समर्थन पाइन् । सुदिर्गोका सन्तानमध्येका जेठो छोरा (जो उनका बुवाको उमेरका छन्) लाई मनाउन अलि गाह्रो भयो । २७ वर्षेले आफ्नै उमेरकोसँग किन विवाह गरिनन् ? उनीहरु जान्न चाहन्थे ।
‘हो, साँच्चै नै मेरा श्रीमानका सन्तानले मलाई मेरै उमेरका पार्टनर किन नछानेको भनेर धेरैपटक प्रश्न गरे, तर मलाई मेरै हजुरबुवाको माया लाग्छ,’ नुराइनीले ट्रिबन जातेङ्गलाई भनिन् ।
तार्ती, सर्दिगोकी छोरीले पत्रकारसँगको कुराकानीमा नुराइनीलाई आफ्नै उमेरको पार्टनर खोज्न पटकपटक आग्रह गरेको बताइन । सुर्दिगोको जीवन संगिनी बन्ने उनको अभिलाषा देखेर उनीहरुले यो जोडीलाई आशिर्वाद दिएको बताइन् ।
नुराइनी र सर्दिगोले अगस्ट १८ तारिखमा विवाह गरेका हुन् । यो युवतीको दोस्रो विवाह थियो भने सर्दिगोको चौथो । उनीहरुबीच ५६ वर्षको उमेर भिन्नताबारे विवादका बीच सर्दिगोका सन्तानले उनकी नयाँ सौतेनी आमाले आफ्नो बुवालाई साँच्चै नै माया गर्ने गरेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण