पर्यटनमन्त्रीद्वारा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण, काम सकेर चाबी बुझाएको दिन कर्मचारीलाई रथयात्रा गराइने
बुधबार, ११ भदौ २०७६, १५ : ०७
पोखरा । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गरेका छन् ।
बुधबार बिहान पोखरा आएका उनले आयोजनाको भौतिक र वित्तीय प्रगति बुझेपछि फिल्ड निरीक्षण गरेका थिए ।
विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीका अनुसार आयोजनाको ४५ प्रतिशत काम सकिसकेको छ ।
मन्त्री भट्टराईले समयमै काम सक्न समेत निर्देशन दिएका छन् । उनले सन् २०२० डिसेम्बरमा काम सकेर चाबी बुझाएको दिन कर्मचारीलाई रथ यात्रा गराउने बताए ।
मन्त्री बनिसकेपछि उनी पहिलो पटक पोखरा आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण