बहालवाला मेजर पक्राउ प्रकरण : थप एक युवती पनि समातिइन्
बिहीबार, १२ भदौ २०७६, १४ : ५९
काठमाडौं । प्रहरीले नेपाली सेनाका बहालवाला मेजर अजितप्रताप सिंह ब्राउन सुगरसहित पक्राउ प्रकरणमा थप एक युवतीलाई पक्राउ गरेको छ ।
मेजर सिंहकै बायनको आधारमा २६ वर्षीया प्रिया राईलाई तीन दिनअघि झापाको दमकबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी समिर खरेलले रातोपाटीलाई जानकारी दिए ।
प्रारम्भिक बयानमा सिंहले राईबाट ब्राउन सुगर खरिद गर्ने गरेको बताएपछि उनलाई पक्राउ गरिएको डीएसपी खरेलले बताए ।
पक्राउ परेका राईमाथि जिल्ला अदालतबाट ५ दिनको म्याथ थप गरी आवश्यक अनुसन्भान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले इटहरीको हलगढामा रहेको सेनाको पूर्वी पृतनामा कार्यरत मेजर सिंहलाई गत २५ साउनमा ब्राउन सुगरका ४ वटा पोकासहित सुनसरीको इटहरीबाट पक्राउ गरेको थियो ।
प्रहरी अनुसन्धानको क्रममा मेजर सिंह ब्राउन सुगर लिन आफैं दमकसम्म पुग्ने गरेका थिए ।
यो पनि पढ्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण