नेपाल–चीन संयुक्त सैन्य अभ्यास, चिनीयाँ सेना काठमाडौँमा
शुक्रबार, १३ भदौ २०७६, ०६ : ०८
नेपाल–चीनबीच दोस्रो संयुक्त सैन्य तालिम बुधबारदेखि काठमाडौँमा सुरु भएको छ ।
यसलाई ‘सगरमाथा संयुक्त सैन्य तालिम’ को नाम दिइएको छ । तालिममा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाका महासेनानीको नेतृत्वमा २२ सैनिक काठमाडौँ आएका छन् ।
महाराजगञ्जस्थित विशेष बाहिनी लक्ष्य निवासमा सुरु भएको तालिममा नेपाली सेनाका तर्फबाट पनि महासेनानीको नेतृत्वमा विशेष फोर्सका २२ जना सैनिक सहभागी छन् ।
सैनिक प्रवक्ताका सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार नगरकोट र महाराजगन्जमा गरी यो तालिम २ सातासम्म सञ्चालन हुनेछ । तालिममा प्राकृतिक विपद् व्यवस्थापन र प्रतिआतंकवादसम्बन्धी अभ्यास हुने जनाइएको छ । यो समाचार नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण