क्याम्पस प्रमुखले कवाडीलाई बेचे 'थेसिस'
शुक्रबार, १३ भदौ २०७६, ०६ : ४९
स्नातकोत्तर क्याम्पसका प्रमुख महोशकुमार खत्रीले पुस्तकालयमा रहेका मानविकी संकायअन्तर्गत १२ विषयका महत्वपूर्ण किताब र शोधपत्र कवाडी व्यवसायीलाई बेचेका छन् ।
उनले १२ क्विन्टल किताब प्रतिकिलो ८ रुपैयाँ र ४ क्विटल शोधपत्र प्रतिकिलो १४ रुपैयाँका दरले बुधबार कवाडीलाई बिक्री गरेका हुन् ।
पुस्तकालयका किताब र विद्यार्थीले बुझाएका शोधपत्र बिक्री गर्न मिल्दैन ।
गर्नैपरे सम्बन्धित संकाय शिक्षक र विभागका प्रमुखसँग परामर्श गरेर माथिल्लो निकायको स्वीकृतिमा मुचुल्का उठाएरमात्र बिक्री गर्नुपर्ने हो ।
‘तर क्याम्पस प्रमुखले कुनै प्रक्रिया पूरा नगरी पुस्तकालयका करिब ५ हजार विद्यार्थीका शोधपत्र बिक्री गरेर गैरजिम्मेवार काम गरेको पाइयो,’स्नातकोत्तर क्याम्पस प्राध्यापक संघका सभापति टुनाराज भट्टले भने । यो समाचार कान्तिपुर दैनिकमा विनोद भण्डारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण