फुटबल टोलीको विदाई
काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत कुवेतसँगको छनोट खेलका लागि शुक्रबार नेपाली टोलीको विदाई गरेको छ । नेपालले यही भदौ १९ गते कुवेतसँग अवे खेल खेल्दैछ ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायत ले विदाई गरे । नेपाली टोली आइतबार विहान कुवेत प्रस्थान गर्नेछ । नेपालले कुवेत र चाइनिज ताइपेसँगको खेलमा लागि बिहिबारनै २३ सदस्सीय खेलाडी टोलीको घोषण गरिसकेको छ ।
नेपालले ताइपेईंसँग भदौ २४ गते उसैको मैदानमा खेल्नेछ । विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली बलियो टोली अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेईं रहेका छन् । नेपाली टोलीकका प्रशिक्षक योहान कालिनले कुवेतसँग नेपालले यसअघि पनि खेलिसकेकाले राम्रो नतिजा निकालने बताए । ‘कुवेत र नेपकालको स्तरको उस्तै हो । हामीले कडा टक्कर दिनेछौं । खेल प्रतिस्पर्धात्मक हुनेछ,’ कालिनले भने ।
यसपटक नियमिति कप्तान विराज महर्जन टोलीमा छैनन् । विराजको अनुपस्थितिमा गोलरक्षक किरन चेम्जोङलाई कप्तान बनाउने बुझिएको छ । तर प्रशिक्षक कोलिन भने कप्तानको विषयमा खुलेका छैनन् । उनले टोलीका जुनसुकै खेलाडी कप्तान बन्न सक्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण