हुन्डी रोक्न विदेश जाँदा बैङ्क खाता अनिवार्य
शनिबार, १४ भदौ २०७६, ०६ : ४०
काठमाडौँ । सरकारले रेमिटेन्सलाई बैङ्किङ प्रणालीमार्फत् ल्याएर विदेशी विनिमय सञ्चिति बढाउन वैदेशिक रोजगारीमा जानेलाई बैङ्क खाता अनिवार्य गर्न लागेको छ ।
अहिले मुलुकमा कुनल रेमिटेन्सको एकतिहाइभन्दा बढी हुन्डीमार्फत भित्रिने अनुमान छ ।
हुन्डीमार्फत हुने कारोबार रोक्न सरकारले सबै रेमिटेन्स बैङ्किङ प्रणालीमार्फत ल्याउन अनिवार्य खाताको व्यवस्था गर्न लागेको हो ।
वैदेशिक रोजागर विभागका महानिर्देशक भीष्मकुमार भुसालले विदेशमा कमाएको रकम बैङ्किङ च्यानलमार्फत भित्रिओस् भनेर विदेश जानुअघि अनिवार्य बैङ्क खाता खोल्नुपर्ने नियम बनाइएको बताए ।
विभागका अनुसार भदौ १६ देखि यो नियम लागू हुनेछ ।
यो समाचार नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण