भिडियो कन्फरेन्स विवाद : असुरक्षित सरकारी सर्भर
नागरिकको विवरण र सरकारी कामकारबाहीको तथ्यांक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी) मा रहन्छ ।
सबै सरकारी वेबसाइटको तथ्याङ्कहरु यसमै भण्डारण हुन्छ । केहीअघिसम्म सरकारी कार्यालयको वेबसाइटको तथ्यांकहरु निजी कम्पनीका सर्भरमा राख्ने गरिएको भए पनि अहिले सबै तथ्याङ्क केन्द्रमै रहन्छ ।
तर, एनआइटिसीको सर्भरमा जोडिएका सरकारी वेबसाइट र इमेल पटकपटक ह्याकरको निसानामा परेको खबर सुनेकाहरुले मन्त्रिपरिषद्को साइबर बैठकको सुरक्षामा प्रश्न उठाएका छन् ।
अध्ययनअनुसार २०१७ मा १६० र सन् २०१८ मा सयवटा सरकारी वेबसाइटमा ह्याकरको पहुँच पुगेको थियो । साइबर सुरक्षामा काम गर्ने एक नेपाली कम्पनीले गरेको अध्ययनअनुसार एनआइटिसीको सर्भरमा ‘हर्टब्लिड’ नामक एक सुरक्षा कमजोरी छ ।
नागरिकका विभिन्न प्रकारका गोपनीय निजी विवरण संकलनमा हतारिने सरकारले ह्याकरबाट जोगाउने बलियो व्यवस्थापन गर्न सकेको छैन ।
यो समाचार कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण