सगरमाथा संवादको कार्यसूची तय
नेपालले आगामी अप्रिलमा गर्ने अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवादका लागि कार्यसूची तय गरेको छ । संवादका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयोजक रहनुभएको निर्देशक समिति र आयोजक समितिको शुक्रबार बसेको संयुक्त बैठकले कार्यसूची तय गरको हो ।
कार्यसूचीअन्तर्गत बैठकले संवादको पहिलो संस्करणको मिति तय गरेको संवादका लागि गठन भएको सचिवालय संयोजक कुमारराज खरेलले जानकारी दिए ।
जसअनुसार आउँदो अप्रिल ३ र ४ गते अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवाद हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि मार्चको अन्तिम साता संवाद गर्ने भनिएको थियो । मन्त्री ज्ञवालीले संवादको नेतृत्व परराष्ट्र मन्त्रालयले गरे पनि यो सबै मन्त्रालयको आफ्नो कार्यक्रम भएकाले सहकार्यका लागि बैठकमार्फत आह्वान गरेका थिए ।
“मुख्य विषय र सहायक शीर्षकमा छलफल भयोे तर ‘थिम’का बारेमा अझै स्पष्ट हुन बाँकी छ”, उनले भने, “संवादको अवधारणालाई थप प्रष्ट बनाउने आधार भने तय गरियो ।”
समूहले संवादमा छलफल हुने विषयवस्तुमा परामर्श दिने, कार्यपत्र तयार पार्ने र विभिन्न सत्रमा प्रस्तुत हुने कार्यपत्रको कार्यसूची तयार गर्नेछ, खरेलले थप्नुभयो, काम सहज बनाउन कार्यदलले अन्य उपसमिति गठन गर्न पाउने अधिकार समेत दिइएको छ ।
तयारीका रूपमा आउँदो असोज १ गते राष्ट्रिय परामर्श सम्मेलन गर्ने निर्णय बैठकले गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा संवादको मुख्य विषयवस्तुका विषय विज्ञलाई आमन्त्रण गरिनेछ । अन्तर्राष्ट्रिय स्तरमा उठाउनुपर्ने मुद्दा के के हुन् भन्ने परामर्श राष्ट्रिय सम्मेलनले गर्नेछ ।
यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिला फेला
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
-
६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई
-
सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पत्ति जोखिममा पर्यो : सिभिल सहकारी पीडित
-
कर्णाली प्रदेशसभा बैठक सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण